+
+

राजदूत विश्वकर्माले बुझाए ओहदाको प्रमाण पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते ८:३३

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत डा. निर्मलकुमार विश्वकर्माले दक्षिण अफ्रिकाका राष्ट्रपति इरिल रामाफोसासमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीसमेतको उपस्थितिमा भएको विशेष समारोहका बीच विश्वकर्माले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

कार्यक्रममा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाएका थिए भने दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले राजदूत विश्वकर्मालाई स्वागत गरेका थिए । राजदूत डा. विश्वकर्मालाई गार्ड अफ अनरसमेत प्रदान गरिएको थियो ।

राजदूत विश्वकर्माले दक्षिण अफ्रिका गइ कार्यभार समाहलेको एक हप्तामै ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

२०७७ साल फागुन ११ गते मङ्गलबारका राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?