+
+

सस्तोडिलमा लगानी गर्ने आईएमई समूहको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:५१

९ वैशाख, काठमाडौं । नेपालको एक प्रमुख व्यापारिक समूह आईएमईले ई–कमर्स कम्पनी सस्तोडिलडटकममा लगानी गर्ने बिहीबार घोषणा गरेको छ । आईएमई समूहको सस्तोडिलडटकममा हुन लागेको लगानी, कम्पनीको विकास योजनाहरू छिटो बनाउन चलिरहेको श्रृंखला बी अन्तरगतको कोष संकलनको एउटा हिस्सा भएको कम्पनीले जनाएको छ ।

आईएमई समूहका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले भने, ‘हामीले सस्तोडिललाई सुरुवातदेखि नै नेपालको घरपरिवारको नाम बनेको देखेका छौं । हामीले उनीहरूको कम्पनीको विशेष समूह, ब्रान्ड, कम्पनीको ऐतिहासिक व्यवसायिक प्रदर्शन, समग्र ई–कमर्स उद्योगको वृद्धि र भविष्यको सम्भाव्यताको मध्येनजर गरी लगानी गर्ने निर्णय गरेका हौं ।’

सस्तोडिलले आईएमई पोर्टफोलियो कम्पनीहरू जस्तै–डिजिटल वालेट, एफएमसीजी, रेमिट्यान्स, मोटर वाहन, रसद, बैंकिङ, मनोरञ्जन र आतिथ्य जस्ता अन्य ठूलो समन्वय ल्याउन सक्ने विश्वास कम्पनीले लिएको ढकालले बताए । सस्तोडिलमा लगानीले सामाजिक उद्यमशीलता र माइक्रोएन्टरप्राइजेजको वृद्धि गर्ने आईएमईको उद्देश्य अनुरुपको सेवामा थप टेवा पुर्‍याउने ढकालले बताए ।

‘सस्तोडिलले हजारौं एसएमई व्यवसायलाई देशभरभर आफ्नो व्यापार वृद्धि गर्न प्लेटफर्म प्रदान गर्ने कम्पनीको विश्वास छ,’ ढकालले अगाडि भने, ‘हामी लगानीकर्ता र कम्पनीको सञ्चालक समितिको सदस्यको रूपमा सस्तोडिलको विकासमा सक्रिय रूपमा भाग लिनेछौं ।’

सस्तोडिलका संस्थापक अमुन थापाले भने, ‘हामी आईएमई समूहसँग सहकार्यमा काम गर्न उत्साहित छौं र हामीले हाम्रो र ई–कमर्स उद्योगको वृद्धि योजनाहरू सँगै कार्यान्वयन गनेर्छौं । देशका सबै भागहरूमा विशेष गरि दोस्रो र तेस्रोे बजारहरूमा आईएमई समूहको पूर्वाधार र ब्रान्डको उपस्थिति छ । हामीसँग एक अर्काको पूर्वाधार, टेक्नोलोजी र पोर्टफोलियोको लाभ उठाउने योजना छ जसले हाम्रा लाखौं ग्राहकहरू र हजारौं व्यवसायहरूमा नेपाललाई उत्कृष्ट सेवाहरू प्रदान गर्र्नेछ ।’ यस लगानी र तालमेलले राष्ट्रमा स्थायी सकारात्मक प्रभाव पार्नेमा कम्पनी विश्वस्त रहेको उनको भनाइ छ ।

थापाले अगाडि भने, ‘मलाई लाग्छ कि आईएमईको सस्तोडिलमा लगानीले नेपाल र विदेशका अन्य व्यवसायहरुलाई पनि ई–कर्मसलाई एक आकर्षक लगानीको अवसरको रूपमा विचार गर्न प्रोत्साहित गर्नेछ ।’

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सस्तोडिल गत वर्ष वालमार्टको स्वामित्वको फ्लिपकार्टको साथ रणनीतिक साझेदारीमा प्रवेश गरेको थियो । यस कम्पनीलाई डोल्मा इम्प्याक्ट फण्ड (नेपालको अग्रणी पीई र भिसी), टेलिभेन्चर्स (अग्रणी प्राविधिक लगानी फर्म), र आईसीटीसी ग्रुप (नेपालको सबैभन्दा ठूलो व्यापारिक समूहहरू मध्ये एक) जस्ता प्रभावशाली लगानीकर्ताहरूले पनि समर्थन गरेका छन् ।’

आईएमई समूहको लगानी रकम अज्ञात राखिएको जारी विज्ञप्तिमा उल्लेख छ । सस्तोडिल बजारमा एउटा ठूलो कोष सञ्चालन गर्नका लागि भएको र वर्तमानमा अन्य सम्भावित लगानीकर्ताहरुसँग पनि संलग्न भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?