+
+

प्रदेश-२ मा मास्क नलगाउनेसँग ३ लाख ५२ हजार राजस्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १८:०२

१२ वैशाख, जनकपुरधाम। कोरोनाको दोस्रो चरणको रोकथाम तथा नियन्त्रणका लागि खटेको प्रहरीले प्रदेश-२ बाट मास्क नलगाउने ३ हजार भन्दा बढी व्यक्तिसँग जरिवाना संकलन गरेको छ ।

प्रदेशको ८ वटै जिल्लाबाट मास्क नलगाउने ३ हजार ५ सय २४ जनालाई रु. १ सयका दरले जरिवाना तिराइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

उनीहरुलाई संक्रामक रोग निवारण ऐन २०२० वमोजिम सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरी जरिवाना तिराउँदा रू. ३ लाख ५२ हजार ४ सय राजस्व समेत संकलन भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

दोस्रो चरणको कोरोना नियन्त्रणका लागि प्रहरीले गत बैशाख १ गते देखि नै विशेषतः सार्वजनिक स्थान÷सवारीसाधनहरुमा मास्क प्रयोग नगरि हिंड्नेबिरुद्व अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत वैशाख १ गते देखि ४ गतेसम्म ४ सय ७० पटक व्यापक मात्रामा प्रचार प्रसार÷माईकिङ÷जिंगल समेत बजाई सचेतना गराएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईले बताए ।

उनका अनुसार बैशाख ४ गतेबाट ११ गतेसम्म मास्क नलगाउनेलाई नियन्त्रणमा लिइ ३ घण्टा होल्ड गरिएको छ । यस अन्तर्गत ४४ हजार ४ सय ५१ जनालाई सम्झाई बुझाई छाडिएको भने १६ हजार ९ सय ६९ जनालाई होल्डिङ्ग गरी मास्क वितरण गरि छाडिएको प्रसाईले बताए ।

नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पूर्ण रुपमा पालना गराउन सबै पक्षको आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका हुने भएकोले रेष्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलन अर्थात मानिसहरुको बढी भिडभाड हुने क्षेत्रहरुमा स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी भेला जम्मा नहुन प्रदेश प्रहरी कार्यालयले सबैसँग अपिल गरेको छ ।

मापदण्डलाई विभिन्न बहानामा अटेर गरी नियमको पालना नगरेमा कडाईका साथ संक्रमण रोग निवारण ऐन २०२० अनुसार अनिवार्य कारवाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?