+
+

ट्रकमा मोटरसाइकल ठोक्किँदा धादिङमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:०३

१४ वैशाख, काठमाडौं । धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलोमा ट्रकमा मोटसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ना ३ ख ७६५७ नम्बरको ट्रकमा बा ६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ का २३ वर्षीय दीपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?