Comments Add Comment

‘महामारीमा लैङ्गिक हिंसा रोक्न राज्यका निकायबीच समन्वय आवश्यक’

१५ वैशाख, काठमाडौं । कोरोना महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि राज्यका निकायहरुबीच समन्वय हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कोभिड–१९ ले सिर्जना गरेका समस्याबारे छलफल तथा समाधानका उपायका विषयमा राष्ट्रिय महिला आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले महामारीको समयमा लैङ्गिक हिंसा रोक्नु चुनौतीको विषय भएको बताए ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले कोरोना महामारीको समयमा हुन सक्ने हिंसाजन्य घटना रोक्न ‘इमर्जेन्सी रेस्पोन्स टिम’ परिचालन गर्नुपर्ने बताइन् । महिला तथा बालबालिकाको मानसिक, आर्थिक तथा कानूनी समस्याको सहजीकरण गर्न राज्यका निकायहरुबीच समन्वय हुन जरुरी रहेको पनि उनले बताइन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले संकटको समयमा सबैभन्दा समस्या महिलालाई नै हुने भएकोले विगतमा भएका जस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले अपाङ्गता भएका महिला कोरोना संक्रमित भएमा उनीहरुका लागि विशेष क्वारेन्टिनको व्यवस्था गर्न आयोगले सरकारको ध्यानाकर्षण गराउने बताइन् ।

छलफलमा सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथामका लागि ‘हेल्पलाइन’को प्रचारप्रसार गर्न पनि जरुरी रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment