+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

निषेधाज्ञाको मौकामा रोड मार्किङ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १२:०६

१९ वैशाख, काठमाडौं । सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।

‘विभिन्न स्थानमा मार्किङ गरिसक्यौं,’ उनले भने ।

सडक विभागले निषेधाज्ञा अघिसम्म काठमाडौंका विभिन्न सडकहरुमा कालोपत्रे थालेको थियो । तर, निषेधाज्ञा लागेपछि काम रोकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?