
२३ वैशाख, चितवन । चितवनको चितवन मेडिकल कलेजमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका सञ्चार संयोजक डा. किशोर अधिकारीका अनुसार गएराति साढे १२ बजेदेखि दिउँसो दुई बजेसम्म नवलपुर, तनहुँ, कपिलवस्तु र रुपन्देहीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–२ का ७३ वर्षीय पुरुष, कपिलवस्तुकी ६७ वर्षीया महिला, तनहुँको भानु नगरपालिका–१२ की ६५ वर्षीया महिला र रुपन्देहीको संखीपुर–१५ का ८० वर्षीय पुरुष छन् ।
कोरोना संक्रमणबाट भएको निमोनियाका कारण उनीहरुको मृत्यु भएको कलेजले जनाएको छ । चितवन मेडिकल कलेजमा बुधबार मात्रै ६ जना संक्रमितको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4