+
+

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २५ गते ११:०५

२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?