
२६ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि ठाकुर र महतोले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए । छलफलबाट केही निचोड निस्कियो कि निस्किएन भन्ने विषयमा नेताहरुले ठोस धारणा सार्वजनिक गरिसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4