
२६ वैशाख, काठमाडौं । प्यालेस्टाइनका नागरिक र इजरायली प्रहरीबीच शनिबार पनि झडप भएको छ । जेरुसलेमको पुरानो सहरको दमास्कस गेटमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेका थिए । इजरायली प्रहरीले पनि रबरको गोली, पानीको फोहोरालगायतका उपायको प्रयोग गरेका थिए ।
प्यालेस्टाइनका अधिकारीहरुका अनुसार ९० प्यालेटाइनियनहरु घाइते भएका छन् । इजरायलको प्रहरीले कम्तीमा एक प्रहरी घाइते भएको बताएको छ । यसअघि शुक्रबार भएको झडपमा दुई सयभन्दा धेरै प्यालेस्टाइनियन र कम्तीमा १७ इजरायली प्रहरी घाइते भएका थिए ।
जेरुसलेममा रहेको अल अक्सा मस्जिद कम्प्लेक्स इस्लाम धर्मको सबैभन्दा सम्मानित स्थान हो । तर, यो मस्जिद रहेको स्थान यहुदी धर्मको पनि पवित्र स्थल हो । उनीहरुले यसलाई टेम्पल माउण्ट भन्ने गर्छन् ।
त्यसैले यो कम्प्लेक्स हिंसाको कारण कारण बन्दै आएको छ । तर, शुक्रबारको झडप भने पछिल्लो केही वर्षयताकै खराब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रतिक्रिया 4