
२८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५० पुगेको छ । जसमध्ये बाँके जिल्लाका मात्रै १९८ छन् भने बाँके जिल्ला बाहिरका १५२ जना छन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बाँकेका ७ र बाहिरी जिल्लाका ११ गरी कुल १८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेका २ महिला र ५ पुरुष र बाहिरी जिल्लाका ३ पुरुष र ८ जना महिला रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4