+
+

सेती प्रादेशिक अस्पतालमा थप तीनजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १६:३९

२९ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप तीनजना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् ।

धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की ३५ वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए । उनकाअनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमण मुक्तभएर घर फर्किएका छन् भने थप ५ जना भर्ना भएका छन् ।

थप २७३ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ सय ६४ जनाको नमुना परीक्षण गर्दा धनगढी उपमहानगरपालिकाका ४४ जना, कैलालीकै अन्य स्थानीय तहका २ सय ६ जना र विभिन्न जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

सेती प्रादेशिक अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?