
२९ वैशाख, काठमाडौं । संघीय संसदका सांसदहरुले वैशाख ३१ गते कोरोना खोपको दोस्रो डोज लगाउने भएका छन् ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।
त्यस्तै संघीय संसदका पदाधिकारी र सचिवालयका सबै कर्मचारीले जेठ १ गते, र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित कर्मचारी, संघीय मामिला पत्रकारले जेठ २ गते खोप लगाउने तालिका रहेको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
संघीय संसदका सदस्यहरुले कोरोना खोपको पहिलो डोज फागुन तेस्रो हप्ता लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4