
२ जेठ, वीरगञ्ज । माइती नेपालले वीरगञ्ज महानगरपालिकालाई ५० हजार मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । माइती नेपाल वीरगञ्ज शाखाकी प्रमुख संगीता पुरीले वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीलाई आइतबार सामग्री हस्तान्तरण गरेकी हुन् ।
मेडिकल मास्क ४ सय थान, पीपीई सेट २५ थान, पञ्जा १ सय थान, फेसशिल्ड २५ थान र अक्सिमिटर २ थान हस्तान्तरण गरिएको माइती नेपालले जनाएको छ ।
पर्सामा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री महानगरपालिकालाई हस्तान्तरण गरिएको माइती नेपाल वीरगञ्ज शाखा प्रमुख पुरीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4