
३ वैशाख, बुटवल। दाङका कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका-४ दाङका ३३ वर्षका पत्रकार लक्ष्मण बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार बिहान १२.४७ बजे मृत्यु भएको हो ।
मेडिकल कलेजका सूचना अधिकारी शुशील गुरुङका अनुसार बस्नेत र उनका ५३ वर्षका बुबा वैशाख २१ गते अस्पतालमा भर्ना भएका थिए ।
उनीहरुको २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । दुबैजनाको शुरुमा एचडीयूमा र केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
पत्रकार बस्नेतका बुबाको जेठ २ गते साँझ ७.५१ बजे मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । अस्पताल आउँदा दुईदिन अघिको पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ भएपनि श्वास प्रश्वासमा समस्या रहेको गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4