+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९६ बलमा १०३ रन आवश्यक
विराटनगर किंग्स 2025
45/0 (3.6)
Shares

सेयर मूल्यबारे जथाभावी अभिव्यक्ति नदिन बोर्डको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १९:३७

६ वैशाख, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक वा कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्छ वा घट्छ भनेर जथाभावी अभिव्यक्ति नदिन नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ ।

केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको सेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै बोर्डले यस्तो कार्य तत्कालै रोक्न आग्रह गरेको हो ।

सञ्चार माध्यम वा सामाजिक सञ्जालमा सेयर किनबेच गर्न उक्साउने योजना अनुसार अभिव्यक्ति नदिन चेतावनी दिदै दिइएको पाइए धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको छ ।

अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको सेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको छ ।

बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न सेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएको छ, त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?