Comments Add Comment

युटुबमा सार्वजनिक भयो ‘हिटलर’

केही बर्ष अगाडि हलमा रिलिज भएको चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक गरिएको छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रमा लोचन घिमिरेको संगीत, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुनराज पौडेलको छायांकन छ ।

किचमान चित्रकारको कथा रहेको यो चलचित्रमा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माताको रुपमा छन् । चिनिमाया मानन्धर यो चलचित्रको निर्माता हुन् । यो चलचित्रले हलमा भने औषत व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment