+
+
Shares

कोभिडबारे जानकारी दिने एप्लिकेशन सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते ११:०१

काठमाडौं । कोरोना भाइरस सम्बन्धी आवश्यक सूचना, जानकारी र तथ्यांक दिने गरी ‘इ–घर’ नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ ।

७७ जिल्लाकै संक्रमणको अवस्था, एम्बुलेन्स र परामर्श दिने डाक्टरको बारेमा एपमा जानकारी राखिएको छ ।

इञ्जिनियर नारायण घिमिरेका अनुसार एप्लिकेशनमा ब्लड बैंक र अक्सिजनबारे जानकारी पनि समेटिएको छ । सुनमराज पाण्डेसहितको समूहले कोभिडको दोस्रो लहरको संक्रमण बढेसँगै कोभिड हेल्पलाइनको रुपमा एप्लिकेशन तयार गरेको घिमिरेले बताए ।

ई–घरले आफ्नो लोकेशनको नजिक भएका टेकअवे सेवा दिने व्यवसायीलाई पनि अनलाइन सोरुम निर्माण गरेर भिडभाडरहित व्यापार प्रोत्साहन गर्ने उनले बताए । रेष्टुरेन्ट, कपाल काट्ने सुविधा, पसल र इन्धनसहित १५० प्रकारका व्यवसायका जानकारी पनि एपमा छन् ।

गुगल प्लेस्टोरबाट एप डाउनलोड गर्न सकिने घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?