Comments Add Comment

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या एक लाखमा झर्‍यो

२४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या एक लाखमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६३६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सो अवधिमा कोरोना संक्रमणको कारण २ हजार ४२७ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा अप्रिल ६ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भारतमा भारतको तामिलनाडुमा सबैभन्दा धेरै २० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा १४ हजार तथा कर्नाटक र महाराष्ट्रमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १४ लाखमा झरेको छ । भारतमा कोरोनाको संक्रमणमा कमी आएसँगै विभिन्न राज्यले लकडाउन पनि खुकुलो पार्न थालेका छन् ।

सोमबारदेखि दिल्लीमा मेट्रो रेल सञ्चालनमा आएका छन् भने पसलहरु पनि खुलेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन केही खुकुलो पारिए पनि आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment