+
+

अष्ट्रेलियामा राज्य नर्सिङ काउन्सिलमा एनआरएन अभियन्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १९:३६

सिड्नी । अष्ट्रेलियामा नेपाली रजिस्टर्ड नर्स धर्म अधिकारी न्यु साउथ वेल्स राज्यको नर्सिङ एण्ड मिड्वाइफ़री काउन्सिलको सदस्यमा चार बर्षका लागि नियुक्त भएका छन्.

न्यु साउथ वेल्स राज्यका स्वास्थ्य तथा चिकित्सा अनुसन्धान मन्त्री ब्राड हाज्जार्डले उनलाई राज्यका गभर्नर मार्गरेट बिज्ले नियुक्ति सदर गरेको जानकारी दिएका छन् ।

पेशाले नर्सिङ प्रशिक्षक उनले गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिको सामाजिक उद्यमशीलता उपसमितिका सदस्य र अस्ट्रेलियाको युवा संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

हाल सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा सहायक निर्देशकका रुपमा कार्यरत उनी आगामी १ जुलाई २०२१  देखि  ३० जुन २०२४ सम्म न्यु साउथ वेल्सको उक्त जिम्मेवारीमा रहने छन् । यो काउन्सिलमा स्वास्थ्य क्षेत्रका प्रतिष्ठित ११ जना, कानूनी क्षेत्रका एक जना र समुदायबाट ३ जना गरी जम्मा १५ सदस्य रहनेछन् ।

यो काउन्सिलले न्यू साउथ वेल्स राज्यमा नर्सका लागि आचारसंहिता र मापदण्ड निर्माण तथा अनुगमन, विदेशमा अभ्यास गरी अस्ट्रेलियामा अभ्यास गर्न चाहने विदेशी नर्सहरुको योग्यता परीक्षण, क्याम्पस तथा विश्वविद्यालयको पाठ्यक्रमका लागि सिफारिस जस्ता काम गर्दै आएको छ ।

अधिकारीले न्यु साउथ वेल्सको जिम्मेवारीले आफूलाई पेशागत दक्षतामा विस्तार गरेर अझै योग्य र इमान्दार बन्न तथा समुदायको सेवामा लाग्न प्रेरओ मिल्ने बताए ।

एक तथ्यांक अनुसार अस्ट्रेलियामा झन्डै चार लाख नर्सहरु कार्यरत छन् भने न्यू साउथ वेल्स राज्यमा एक लाख नर्स कार्यरत छन् जसमा १० हजार जति नेपाली मूलका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?