Comments Add Comment

व्यवस्थामाथि प्रश्न उठेको छ, यहीबेला धक्का दिनुपर्छ : कमल थापा

९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् ।

बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न उठेको र आफूहरु यही बेला स्थापित हुन सकिने बताएका हुन् । विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको छ । यही प्रश्नचिह्न खडा भएकै बेलामा हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुने’ उनले भने, ‘यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहीन भएको भन्दै उनले यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment