+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हाम्रो पात्रोको प्रवन्ध निर्देशकमा सुदिना गौतम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १३:१८

११ असार, काठमाडौं । हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियूक्त भएकी छिन्। विसं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहनुभएको गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो ।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको जानकारीका लागि पनि प्रेस विज्ञप्ति जारी गरेको छ।

‘हाम्रा आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं । साथै, हामीसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ । हाम्रो पात्रो सम्पूर्ण सञ्चारमाध्यमसँग सदा झैं निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ उनले भने ।

हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?