
१३ असार, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ ।
सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए ।
यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ ।
समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामना समेत गरेको छ ।
असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4