+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फ्रन्टलाइनरको चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो-‘विद्यासुन्दर शाक्य मुर्दावाद’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते ११:५६

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरोध नारा लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका हुन् ।

नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं  महानगरपालिका मुर्दावाद’ लेखेका हुन् ।

कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदिएको थियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने योजना बनाएको छ ।

चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटेपछि सर्वत्र आलोचना भइरहेको छ ।

कोरोनाभाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएपछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?