+
+

बाढी पहिरोमा हवाई उडान थपौं : वायुसेवा सञ्चालक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १०:३९

२१ असार, काठमाडौं । मनसुनका कारण परेको अविरल वषर्ाले सडक मार्ग अवरुद्ध भएको भन्दै हवाई उडान थप गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् । अहिले राष्ट्रिय राजमार्गहरु अवरुद्ध हुँदा निषेधाज्ञा खुलेपनि हजारौं यात्रुको यात्रा राकिएको छ ।

अर्कोतर्फ सरकारले हवाई उडान भने ५० प्रतिशत मात्र हुने गरि तोकेको छ । अहिले तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने भन्दै वायुसेवा संचालकले उडान संख्या बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

वायुसेवा संचालक संघ नेपाल आयोनका अध्यक्ष क्या. रामेश्वर थापाले पर्यटन मन्त्री लिलानाथ श्रेष्ठलाई पत्र लेख्दै आहृवान गरेका छन् ।

उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडीको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने भन्दै उडान संख्या कम हुनासाथ हवाई भाडा समेत सस्तो हुने उनको भनाइ छ । निषेधाज्ञा अगाडी झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोर दोहर गरेका थिए ।

यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान भएको व्यवसायीको भनाइ छ ।

हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पुष्टि गरेको दावि गर्दै व्यवसायीले वायुसेवा कम्पनी संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिका कडिकडाउका साथ पालना गरेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?