+
+

खोला र पोखरीमा डुबेर सर्लाहीमा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १२:३५

२१ असार, जनकपुरधाम । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा खोलाले बगाएर दुई जना र पोखरीमा डुबेर एक जना गरी तीन जनाको मृत्यु भएको छ ।  ईश्वरपुर र गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा डुबेर एक/एक जनाको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके खोलामा डुबेर ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ ।

महोत्तरीको कान्ती बजारबाट चटपटी बेचेर घर फर्किदै गरेका महतो र उनकी श्रीमती रहन्ती देवी आइतबार राति ८ बजेसँगै बगेका थिए ।

रामचन्द्रको शव बगेको ठाउँभन्दा ५०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । श्रीमतीको भने उद्धार गरिएको छ । उनी घाइते भएको उनले बताए ।

यस्तै, गोडैता नगरपालिका-३ सिमरा भगवतीपुरस्थित बगी नदीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

स्थानीय सुरेन्द्र हजारीको १३ वर्षीया छोरी रिभा हजारीको नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएकी थिइन् । उनको शव ५०० मिटर तल नदी किनारमाफेला परेको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

कौडेना गाउँपालिका- ५ छपकैया टोलमा पनि डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामबाबु रायको ५ वर्षीया छोरी गुड्डीकुमारीको घर छेउमै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?