+
+

अझै सहमतिमा पुग्न सकेन एमाले कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १८:२४

२६ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?