+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ता छुटे

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १९:००

२७ असार, काठमाडौं । सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरु साँझ छुटेका छन् ।

सिंहदरबार घेर्नेका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरुलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छाडेको हो ।

यसअघि बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ, राजेन्द्र महर्जन, विमल अर्याल, गोविन्द छन्त्याल, अनुभव अजित, अरुणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरुण थापा, नवीन तिरुवा, बसन्त छिपा, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुले स्वास्थ्यलगायतका क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताबारे खबरदारी गर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?