+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री पोखरेलको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १८:२९

१ साउन,  बुटवल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक छाडेर हिंडेका मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याएका थिए । यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम भएको भन्दै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दैछ ।’

चार दलले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?