+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न कांग्रेसको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २ गते १७:४१

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए ।

केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार कुटपिट भएको थियो । सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले आफूलाई कुटपिट गरेको घिमिरेले बताएका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन पार्टी सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?