Comments Add Comment

मुम्बईमा भारी वर्षापछि पहिरो र भवन भत्किँदा १५ जनाको मृत्यु

३ साउन, काठमाडौं । भारतको मुम्बईमा वर्षासँग सम्बन्धित दुई छुट्टाछुट्टै घटनामा १५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार रातभर भएको भारी वर्षाको कारण मुम्बईमा पहिरो र एउटा घरको पर्खाल भत्किँदा घटनामा उनीहरुको मृत्यु भएको हो ।

भारतीय अधिकारीहरुका अनुसार नवी मुम्बईको वाशी क्षेत्रमा राति अबेर करिब एक बजे एउटा घरको पर्खाल भत्किएको थियो । उक्त घटनामा १२ जनाको मृत्यु भएको थियो ।

राति साढे दुई बजे मुम्बईको विखरोलीमा एउटा छाप्रो पुर्दा त्यसमा बस्ने तीनजनाको मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यो घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार मुम्बईका धेरै क्षेत्रमा केही घण्टामा नै २०० मिलिलिटरभन्दा धेरै वर्षा भएको छ । जसको कारण केही स्थानमा रेलसेवा पनि अवरुद्ध भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment