+
+

कांग्रेसको निर्वाचन समितिमा अधिवक्ता रावल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १२:४४

३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुरका अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले कांग्रेसको विधानको धारा २५(९) बमोजिम उनलाई नियुक्त गरेका हुन् । कांग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् । यसअघि समिति संयोजक राधेश्याम अधिकारी थिए । उनले राजीनामा दिएपछि यादवलाई संयोजक तोकिएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?