+
+

पर्सामा एयर गनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १३:३५

४ साउन, वीरगञ्ज । अवैध हतियारसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

कलवारले घरभित्र अवैध रुपमा हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा सोमबार बिहान प्रहरी टोलीले उनको घर खानतलासी गरेको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरीले जनाएको छ ।

हतियार के प्रायोजनका लागि राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका निरीक्षक दीपक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?