
७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी अन्दाजी २७ वर्षीय भरत गुरुङ हुन् ।
बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । ‘नजिकै गोलीको खोका भेटिएकाले त्यहीबाट मृत्यु भएको हुनसक्ने आशंका छ,’ कार्कीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
गुरुङ आफन्तकहाँ जाँदा घटना भएको प्रहरीको भनाइ छ । हालसम्म घटनामा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4