+
+

शुक्रबारदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते २०:३७

७ साउन, काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ-वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उनले बताए । महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुँयालको विश्वास छ ।

‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो, तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ,’ उनले भने,’पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’

यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट उद्घाटन गर्ने कार्यक्रम छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?