Comments Add Comment

‘टिभिएस एनटर्क-रेस एडिसन’ नेपाली बजारमा आउँदै

टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभिएस एनटर्क १२५ स्कूटर फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको थियो । टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर -नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन-बिल्ट ल्याप-टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ जस्ता सबैभन्दा पहिले दाबी गर्छ ।

सन् २०१८ मा टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको छ ।

केही वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा यो स्थापित भएको छ । एक वर्षपछि सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो वृद्धि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको छ ।

सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५-सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रिमियम स्कूटरको रुपमा स्थापित भएको छ ।

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्टि्रब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई ‘बेस्ट इन क्लास : पिक अप, पावर, पर्फमेन्स, बेटर देन एफआई’ नाराको साथ नेपाली बजारमा भर्चुअल लन्चद्वारा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment