+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

नेपाल समूहको बैठक : एकता प्रयास बिथोल्ने अभिव्यक्ति नदिन नेताद्वयलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ११ गते १८:२३

११ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । साथै अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन र भेटवार्ता गर्न आग्रह गरेको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार र सोमबार लगातार दुई दिन बसेको थियो । बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

साथै पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेको छ । ‘सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन ।’

उनले अघि भने, ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?