+
+

कञ्चनपुरमा दुई लाख ७३ हजारको चिनी बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १४:१७

१४ साउन, धनगढी । भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?