
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफलमा जुटेका छन् ।
नेता प्रकाशमान सिंहको निवासमा जारी छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।
नेताहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धमा छलफल भइरहेको प्रकाशमानको सचिवालयले जनाएको छ ।
क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4