+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निमा एकेडेमी र विस्टिमबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १८:१५

निमा एकेडेमी र विस्टिमबीच सहकार्य भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै निमाका सिइओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एक अर्काको सहयोगमा अगाडि बढ्ने बताएका छन्।
दुवै महिला उद्यमी भएको नाताले यो सहकार्यप्रति दुवै जना सन्तुष्ट र खुसी भएको बताए।

निमा एकेडेमीले विस्टिमका शैक्षिक सामग्री तथा कोर्सहरु आफ्नो वेबसाइट र एपमा उपलब्ध गराएको छ। योसँगै अब विस्टिमका शैक्षिक सामग्रीहरु निमामा निःशुल्क पाइनेछ।

विस्टिमले कम्प्युटर करियरमा महिलाहरुको सक्रियता बढाउन र यस क्षेत्रमा महिलाहरुको संलग्नता बढाउन विभिन्न डिजिटल साक्षरता र कार्यक्रमहरु गर्ने गरेको छ।

कम्प्युटर क्षेत्र र डिजिटल प्रविधिमा महिला र पुरुषबीच लैंगिक भिन्नता घटाउन विस्टिम तयार भएको एकेडेमीले बताएको छ।

विस्टिमले किशोरीहरुका लागि विभिन्न किसिमका अवसरहरु, आत्मविश्वास बढाउने अनि रचनात्मक कार्यक्रमहरु तयार पार्छ। साथै धेरै भन्दा धेरै महिला तथा किशोरीहरुलाई कम्प्युटर क्षेत्रमा आफ्नो करियर बनाउन विस्टिमले प्रोत्साहन गरेको छ।

निमा एकेडेमी सन् २०१८ मा स्थापित नविन इ-शिक्षा प्रणाली हो जसले विद्यार्थी र शिक्षकहरुको लागि डिजिटल शिक्षण सामग्री प्रदान गर्छ।

हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ। आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने एकेडेमीको तयारी छ।

निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश छ। परम्परागत शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा व्यवस्थित परिवर्तन ल्याउने प्रयास निमा र विस्टिम दुवैले गरिरहेका छन्।

निमा एकेडेमी र विस्टिम दुवैको दृष्टिकोण र उदेश्य उस्तै भएको हुँदा मिलेर काम गर्दा त्यसले बृहत प्रभाव पार्ने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?