Comments Add Comment

वाईवाई ‘ग्लोकल टिन हिरो’ का अन्डर २०को सूची सार्वजनिक

‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको सातौं संस्करणमा आवेदन दिने किशोर किशोरीबाट उत्कृष्ट २० छनोट भएका छन् । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको र उक्त सूची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

देशभरबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । किशोर किशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो ।

यस वर्ष सेप्टेम्बर १ तारिखका दिन अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिने आयोजकले जनाएको छ ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरका अनुसार २० अन्डर २० किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन ।

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिखमा हुने बताइएको छ । चयन भएका युवाहरुको सम्मान वाईवाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड कार्यक्रममार्फत हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment