+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

म्यानपावरको दाबी : ३३० नेपाली उद्धारपछि दोहामा, ४३७ जना अफगानिस्तानमा प्रतीक्षारत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १९:४२

३२ साउन, काठमाडौं । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार भइसकेको जानकारी दिएका छन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा पठाउने कार्यमा संस्थागत रुपमा संलग्न दुई वटा म्यानपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।

विभाग स्रोतका अनुसार एफएसआई वर्ल्ड म्यानपावर कम्पनी र युनिभर्सल कनेक्सन म्यानपावर कम्पनीले विभागलाई ३३० जना श्रमिकलाई उनीहरु कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी सोमबार दिउँसो दिएका छन् ।

विभागका एक अधिकारीहरु अनुसार दिउँसोसम्म ४३७ जना नेपाली काबुलको अन्तर्राष्ट्रिय एयरपोर्टमा उद्धार गर्न जाने विमानको प्रतिक्षामा रहेको जानकारी ती म्यानपावर कम्पनीले दिएका छन् ।

‘राति अबेरसम्म उद्धार भएकाहरुको यो संख्या बढ्नसक्छ,’ विभागका ती अधिकारीले भने,’हामीले ती म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नवीकरण गएका नेपालीको पनि विवरण मागेका छौं ।’

विभागले सो विवरणलाई अद्यावधिक गरेर सम्बद्ध सरकारी निकायमा जानकारी गराउने बताएको छ । सरकारले सार्वजनिक गरेको सम्पर्क रजिष्ट्रेसन फारम भर्ने पोर्ट र विभिन्न सम्पर्क नम्बरबाट सोमबार साँझसम्म १३४ जना नेपाली पनि सम्पर्कमा आएका छन् ।

उनीहरुको उद्धारका लागि सरकारले आवश्यक बन्दोबस्त गरिरहेको पररारष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको  थियो ।

‘उहाँहरुले हाम्रो आग्रहमा सकारात्मक जवाफ दिनुभएको छ, केही नागरिकको उद्धार भइसकेको छ, केहीको उद्धारको क्रममा हुनुहुन्छ भने कोही बाटोमा हुनुहुन्छ,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन्,’हामी केही सयमभित्र कति नेपालीको उद्धार भयो भने जानकारी सार्वजनिक गर्छौं ।’

विगत १० दिनमा १६४ जना व्यक्ति अफगानिस्तानबाट नेपाल आएका छन् । उनीहरुमध्ये दुई जना अफगानी कुटनीतिज्ञ र बाँकी सबै नेपाली नागरिक रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?