Comments Add Comment

बैंक-वित्त प्रमुख

List Grid
नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान, क्रश होल्डिङ भएकाले नपाउने

१६ वैशाख, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति (लाइसेन्स) दिनका लागि नियामक निकाय बिमा समितिले आवेदन खुला गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै समितिले प्रस्ताव आवेदन आह्वान गरेको हो । हाल मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । कम्तिमा दुई वटा पुनर्बिमा कम्पनी आवश्यकता परेको भन्दै समितिले आवेदन खुला गरेको हो […]

निरन्तर घट्दै सेयर कारोबार रकम, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

१५ वैशाख, काठमाडौं । सेयर कारोबार रकम यस साता निरन्तर घटेको छ । साताको पहिलो दुई दिन सेयर कारोबार मापक नेप्से परिसूचक घटेको थियो । त्यसपछि मंगलबार बजार उच्च अंकले बढ्यो भने आज बुधबार बजार घटेको छ । बजारमा निकै ठूलो अंकको घटबढ भइरहे पनि सेयर कारोबार रकम भने निरन्तर घटेको हो । आइतबार सेयर […]

नेप्सेमा फर्कियो उत्साह, ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार

१४ वैशाख, काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव […]

लगातार दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से

१३ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । आइतबार ठूलै करेक्सनको सामना गरेको सेयर बजारमा सोमबार समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेन । सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार […]

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले बढ्यो, ९ महिनामा कमायो २ अर्ब १० करोड

१३ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले खुद नाफा ४४ प्रतिशतले बढाएको छ । सोमबार सार्वजनिक गरिएको बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब १० करोड रुपैयाँ मुनाफा कमाएको हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष ४४ […]

नेप्से परिसूचक २६ सय तल झर्‍यो, कारोबार रकम भने ७ अर्ब माथि

१२ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा करिब ७६ अंकको पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ । परिसूचकमा […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

७ वैशाख, काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा […]

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

६ वैशाख, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ८ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको मात्रै […]

प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए सपथ

६ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका बैंकर लिला प्रकाश सिटौलाले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष अध्यक्ष सिटौलाले सपथ ग्रहण गरेका हुन् । प्रभु बैंकको अध्यक्षमा लामो समयदेखि देवी प्रकाश भट्टचन रहेका थिए । उनी गत पुसमा भएको साधारणसभामा सञ्चालक समेत चयन भएनन् । […]

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

६ वैशाख, काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ । बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ […]

नेप्सेमा ऐतिहासिक रेकर्ड

२ वैशाख, काठमाडौं । २०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ । बिहीबारसम्मको पुँजीकरण […]

सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँट

३० चैत, काठमाडौं । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो । संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त हुने […]

बैंकमा निक्षेप भन्दा कर्जा लगानी बढी, के तरलता अभाव हुँदैछ ?

३० चैत, काठमाडौं । एक साताको अवधिमा ‘क’ वर्गका बैंकहरुको कर्जा लगानी ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साता २० चैतसम्म ३५ खर्ब १ अर्ब रुपैयाँ रहेको बैंकहरुले कर्जा लगानी एक सातामै ३४ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । संघका अनुसार कर्जा जुन […]

सेयर बजारमा नयाँ रेकर्ड, लघुवित्तमा आकर्षण

३० चैत, काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार […]

कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी, बोर्डमा पुग्यो प्रस्ताव

२९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालन गर्न लाइसेन्स दिने अन्तिम तयारी गरेको छ । बोर्डले नयाँ वर्षमा नै कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लाइसेन्स दिनका लागि निजीगत तथा प्रक्रियागत विषयको टुंगो समेत लागिसकेको बताए । तर पनि यही दिन […]

कोरोनाको दोस्रो लहर : तंग्रिन लागेको अर्थतन्त्रलाई अर्को खड्गो

२७ चैत, काठमाडौं । सरकारले बिहीबार रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न अनुरोध गर्दै विज्ञप्ति जारी गर्‍यो । कोभिड–१९ को प्रकोप पुनः बढ्दो क्रममा रहेकाले सरकारले यस्तो अनुरोध गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक मञ्चबाटै कोरोना भयावह हुनसक्ने बताए । उनले छिमेकी मुलुकमा कोरोनाको त्रास बढेको भन्दै सजग […]

नेप्से परिसूचक सामान्य वृद्धि, कारोबार रकम घट्यो

२६ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । बुधबार केही करेक्सन भएको बजार बिहीबार भने २.७४ अंक (शून्य दशमलव १० प्रतिशत)ले वृद्धि भएको हो । बिहीबार नेप्से परिसूचक २ हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ । बिहीबार कारोबार रकम भने बुधबारको […]

झिनो अंकले घट्यो नेप्से, सेन्सेटिभ इन्डेक्स भने बढ्यो

२५ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ […]

एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका खालिङ को हुन् ?

२४ चैत, काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको पहिलो नेपाली सीईओको रुपमा खालिङ सीईओ नियुक्त भएका हुन् । पञ्जाव नेशनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरु नै सीईओ नियुक्त हुने गरेका थिए । हाल सीईओ रहेका गजेन्दर कुमार नेगी पनि भारतीय नागरिक […]

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से

२४ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ । मंगलबार नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, […]

बैंकिङ क्षेत्रमा तरलता अभावको डर

२४ चैत, काठमाडौं । कोरोनाका बेला लगानी हुन नसकेको बैंकको रकम यतिबेला धमाधम लगानी हुनथालेसँगै लगानीयोग्य रकम अभाव हुन्छ कि भन्ने आशंका गर्न थालिएको छ । २ महिना अघिसम्म २ खर्ब हाराहारीमा रहेको तरलता अहिले घटेर ५० अर्बमा झरेको छ । एक महिना वित्तीय बजारमा ६५ अर्ब रुपैयाँ हाराहारी तरलता थियो । पछिल्लो एक महिनामा […]