Comments Add Comment

बैंक-वित्त प्रमुख

List Grid
लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज

११ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो । लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको […]

निषेधाज्ञाले बढायो ‘कर्पोरेट पे’ को लोकप्रियता

११ वैशाख, काठमाडौं । सञ्चालनमा आएको तीन महीनामा ‘कर्पोरेट पे’मा निषेधाज्ञाका कारण थप आकर्षण बढेको पाइएको छ । ठूला बैंकिङ कारोबार अनलाइनबाटै गर्न सकिने ‘कर्पोरेट पे’मा निषेधाज्ञाले थप आकर्षण बढेको हो । गत माघमा मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको शुरुआत गरेका थिए । पछिल्लो समय वालेट र कनेक्ट आईपीएसको प्रयोग बढे पनि […]

विवेक झा सूर्या लाइफको सञ्चालकमा

९ जेठ,  काठमाडौं । बीमा क्षेत्रको सेलिब्रेटी सिईओको रुपमा परिचय बनाएका विवेक झा अन्ततः कार्यकारी भूमिका नभई सक्रिय सञ्चालकको भूमिकामा देखिने भएका छन् । विवेक झा माछापुच्छ्रे बैंक हुँदै करिव ११ वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका थिए । माछापुच्छ्रे बैंकमा २ वर्ष काम गरेका विवेक झा एक दशक -१० वर्ष) लामो नेतृत्वदायी भूमिका निर्वाह गरी […]

राष्ट्र बैंकको निष्कर्ष-सिमेन्ट उद्योगमा थप लगानी भित्र्याउनु आवश्यक

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो । ‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती […]

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

६ वैशाख, काठमाडौं । पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ ।  यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको हो । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा […]

राष्ट्र बैंकको नीति विपरीत महालक्ष्मी विकास बैंकले निकाल्यो लिलामीको सूचना

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति विपरीत महामालक्ष्मी विकास बैंकले ऋणीको सम्पत्ति लिलामी गर्न सूचना प्रकाशित गरेको छ । कोरोना महामारीका कारण ऋणीहरु समस्यामा रहेको हुनसक्ने भन्दै राष्ट्र बैंकले मंगलबार निषेधाज्ञा अवधिभर जरिवाना लगायतका अतिरिक्त शुल्क ऋणीबाट असुल नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यतिमात्रै होइन मौदि्रक नीतिको तेस्रो त्रैमासको […]

बढ्यो कोरोना महामारी, घट्यो बैंकको लगानी

५ वैशाख, काठमाडौं । दोस्रो भेरियण्टको कोरोना (कोभिड १९) संक्रमणको त्रास बढेपछि बैंकहरूको कर्जा लगानी पनि सुस्ताएको छ । पहिलो चरणको कोरोनाका कारण सुस्ताएको बैंकको लगानी दसैंपछि भने निकै बढेको थियो । तर संक्रमणको दोस्रो लहर सुरु भएपछि पुनः बैंकको लगानी सुस्ताएको छ । काठमाडौं उपत्यकामा सरकारले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा जारी […]

के हो प्रभु सेलेक्ट फण्ड, कसरी दिने आवेदन ?

४ वैशाख, काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजनाप्रभु सेलेक्ट फण्डकोयहीजेष्ठ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको […]

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । यसैगरी कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि […]

पुनर्बिमाको लाइसेन्सका लागि चार कम्पनीले दिए निवेदन

४ जेठ, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनी सञ्चालन अनुमति (लाइसेन्स) को माग गर्दै चार कम्पनीहरुले निवदेन दर्ता गराएका छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले चार कम्पनीको निवेदन परेको पुष्टि गरे । नयाँ पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने भन्दै नियामक निकाय बिमा समितिले वैशाख दोस्रो साता आवेदन खुला गरेको थियो । लाइसेन्सका लागि निवेदन दिन […]

नबिलको ‘डिजी बैंक’ : घरमै बसेर गर्न सकिन्छ धेरै काम

५ वैशाख, काठमाडौं । अहिले अधिकाँश नेपालीको हातमा स्मार्टफोन छ । जसले घरबाटै बैंकिङ कारोबार गर्न सहज बनाइदिएको छ । डिजिटल बैंकिङलाई अझ सहज बनाउन नबिल बैंकले केहि समय अघि ‘डिजी बैंक’ स्थापना गरेको थियो । नबिल बैंकले ‘डिजी बैंक’ खडा गरेर अहिले आक्रामक रुपमा अघि बढेको छ । कोरोना महामारीका बेला नबिललेको डिजी बेंक […]

बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने

३० वैशाख, काठमाडौं । बैंकहरुले अबदेखि अत्यावश्यक बाहेकका सेवामात्रै दिने भएका छन् । क वर्गका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले बिहीबार विज्ञप्ति जारी गर्दै डिजिटल कारोबार गर्न आग्रह गरेको छ । बैंकले ५० हजार भन्दा माथिको रकम जम्मा गर्नमात्रै बैंकमा आउन आग्रह गरेको छ । यसबाहेक खाताबाट नगद झिक्ने, रेमिट्यान्स, आरटीजीएस […]

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

३० वैशाख, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए । अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने […]

रेमिट्यान्स साढे १६ प्रतिशतले बढ्यो, ९ महिनामा भित्रियो ७२९ अर्ब

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म विदेशबाट ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशतले बढि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड […]

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका […]

नबिलका डेपुटी सीईओ भन्छन्– डिजिटल कारोबार नै रोजौं

२६ वैशाख, काठमाडौं । कारोनाको त्रास पुनः बल्झिएसँगै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । धेरै क्षेत्रहरु बन्द भए पनि दैनिक उपभोगीयसँगै अन्तत अत्यावश्यक बैंकिङ, बिमा लगायतका क्षेत्रहरुले निषेधाज्ञामा पनि सेवा सुचारु नै राखेका छन् । गत वर्ष पूर्ण लकडाउन हुँदा समेत निरन्तर सेवा दिएका बैंकहरुले यसपालि पनि सेवा निरन्तर नै दिइरहेका छन् । […]

चर्को ब्याजदरबारे एनआईसी एसियालाई राष्ट्र बैंकले सोध्यो-सत्यतथ्य के हो ?  

२२ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएकाे विषयमा  नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ले बैंकलाई पत्र काटिएको पुष्टि […]

उपत्यकामा बैंक तथा बीमा कम्पनीले सबै शाखा खोल्न नपाउने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा बीमा कम्पनीहरुले अब सबै शाखा कार्यालयहरु खोल्न नपाउने भएका छन् । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खाेल्न दिने निर्णय गरेको हो । आजसम्म बैंक तथा बीमा कम्पनीहरुले थोरै कर्मचारी राखेर भए पनि सबै शाखा कार्यालयहरु […]

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

१९ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ । तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत […]

नबिल बैंकमा गाभिने भयाे युनाइटेड फाइनान्स

१७ वैशाख, काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । नविल र युनाइटेडबीच प्राप्तिसम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नविलका तर्फबाट मर्जर समिति संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समिति संयोजक मनिष खेम्काले हस्ताक्षर गरे । नविल बैंक स्रोतका अनुसार सेयर स्वाप रेसियो १००ः३५ […]

कोरोनाको त्रासकाबीच बैंकहरुले कमाए ५० अर्ब नाफा

१६ वैशाख, काठमाडौं । कोरोना त्रासका बीच ‘क’ वर्गका बैंकहरुले राम्रो खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो ५ अर्ब भन्दा धेरै रकम हो । गत […]