Comments Add Comment

बैंक-वित्त प्रमुख

List Grid
मौद्रिक नीतिका लागि लघुवित्तकाे सुझाव– प्राथमिकतामा श्राेत परिचालन र लागत कम

२ असार, काठमाडौं । ‘घ’ वर्गका वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मोद्रिक नीतिका लागि १० बुँदे सुझाव दिएको छ । संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त क्षेत्रका लागि मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरु सुझावको रुपमा नेपाल राष्ट्र बैंकमा पठाइएको जानकारी दिए । अध्यक्ष लम्सालका अनुसार संघले लगानीको सेत […]

राष्ट्र बैङ्कले उठायो १ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण

३२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६÷७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ । ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र जेठ मसान्तसम्म एक् खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो । ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकका प्रवक्ता […]

बैंकरको प्रतिक्रिया : दुई सिफ्ट चलाउन आवश्यक छैन

३० जेठ, काठमाडौं । लकडाउन खुकुलो पार्दा दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने सरकारी नियम उपयुक्त नभएको बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले बताएका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक तथा वित्तीय संस्थाको हकमा त्यस्तो नियम आवश्यक नभएको बताए । कार्यालयमा भौतिक दूरी कायम गर्न भन्दै सरकारले सार्वजनिक, निजी र बैंक तथा वित्तीय संस्थाा कार्यालय […]

पहिलो पटक कोरोना बिमाको दाबी भुक्तानी

३० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई  दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी  शुक्रबार भुक्तानी भएको हो । कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको […]

४ लाख २५ हजारले गराए कोरोना बिमा

३० जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ […]

कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना पोजिटिभ

३० जेठ, काठमाडौं । कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको छ । बिमा गराएका एक जनाले नेको इन्स्यारेन्स र २ जनाले एनएलजी इन्स्यारेन्समा दाबी पेश गरेको निर्जीवन बिमक संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए । दाबी गरेकामध्ये एक जनाको भुक्तानी समेत भइसकेको छ । कृषि विकास बैङ्कमा कार्यरत एक व्यक्तिको पीसीआर परीक्षण […]

सहकारीमा पैसा थपिएन, झिक्नेको संख्या बढी

२८ जेठ, काठमाडौं । लकडाउन अघिसम्म सहरका प्राय हरेक पसलमा युवतीहरु पासबुक र झोला बोकेर पुग्थे । व्यापारीले दुई-चार सय रुपैयाँ दिएर हस्ताक्षर गर्थे । त्यो पैसा दैनिकरुपमा सहकारीमा जम्मा हुन्थ्यो । चैत ११ यता ७९ दिन लामो लकडाउनका कारण सहकारीका कर्मचारीले त्यसरी पसलहरुमा डुलेर रकम संकलन गर्न पाएका छैनन् । सहकारीको आम्दानी ठप्प छ, […]

बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने

२९ जेठ, काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए । यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू […]

सहकारीको संख्या ६७ हजार पुग्दैछ !

२९ जेठ, काठमाडौं । सहकारी संघ-संस्थाहरूको संख्या ह्वात्तै बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८को बजेट वक्तव्यमा समावेश भएअनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने उद्घोष गरेका थिए । बजेटमा उद्घोष भएअनुसार […]

लकडाउनमा बैङ्क– निक्षेप १ खर्ब २७ अर्ब, ऋण लगानी ११ अर्बमात्रै

२६ जेठ, काठमाडौं । लकडाउनयता बैङ्क तथा वित्तीय संस्थाहरूमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीले लकडाउन सुरु भएदेखि २४ जेठसम्ममा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैङ्कले बताएको छ। राष्ट्र बैङ्कको अपरिस्कृत तथ्यांकअनुसार लकडाउन […]

काठमाडौंका बैंकमा किन बढ्यो घुइँचो !

२४ जेठ, काठमाडौं । लकडाउनका बेला प्रायः बन्दजस्तै रहेका काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ । लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस भएर बाहिर निस्कन थालेपछि बैंकमा पनि भिडभाड बढेको हो । बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भिड बढेको […]

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका […]

‘सवारी साधनमा ९० प्रतिशतसम्म कर्जा दिने व्यवस्था हुनुपर्छ’

२१ जेठ, काठमाडौं । सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिन नाडा अटो मोवाइल्स डिलर्स एशोसिएसनले माग गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार पार्ने मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न नाडाले माग गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १० प्रतिशत डाउन पेमेन्टमा कर्जा दिने व्यवस्था राष्ट्र बैंकले […]

मौद्रिक नीतिको गृहकार्यमा राष्ट्र बैंक, असार अन्तिम साता आउने

२१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारी गरेको हो । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले […]

धेरै नाफा कमाउने उद्योगलाई पुर्नकर्जा नदिन प्रस्ताव, राष्ट्र बैंकले माग्यो सुझाव

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि संशोधनको तयारी गरेको छ । ठूला उद्योगी र काठमाडौं केन्द्रीत उद्योगीहरुकोमात्रै पहूँचचमा पुर्नकर्जा परेको भन्दै राष्ट्र बैंकले कार्यविधि संशोधन गर्न लागेको हो । कार्यविधि संशोधनका लागि राष्ट्र बैंकले मस्यौदा समेत तयार पारेको छ । मस्यौता तयार पारेर सरोकारवालाहरुलाई सुझाव दिन राष्ट्र बैंकले आग्रह गरेको छ […]

शैक्षिक प्रमाणपत्र धितोमा ऋण : एक वर्षमा ५९ जनाले मात्रै उपयोग गरे

१७ जेठ, काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण दिइने गत वर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एउटा नयाँ कार्यक्रम घुसाए । बजेटमा नयाँ भए पनि बेलाबखतमा सर्टिफिकेट धितोमा राखेर ऋण दिने चर्चा चलिरहन्थ्यो । अर्थमन्त्री खतिवडाले ल्याएको एउटा लोकप्रीय कार्यक्रम थियो । जसलाई विद्यार्थीका संगठनहरुले खुलेरै स्वागत गरेका थिए । […]

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

१६ जेठ, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब […]

बजेटमा वित्तीय क्षेत्रः सहुलियत कर्जा लगानीमा कडाइ, सहकारीलाई ऋण

१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा वित्तीय क्षेत्रलाई थोरै मात्रै समेट्यो । निजी क्षेत्रको माग संवोधनकै क्रममा बैंकहरु जोडिए पनि छुट्टै बैंकिङ विषयले भने कमैमात्रै प्राथमिकता बजेटमा पायो । बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रलाई मर्जरका लागि प्रोत्साहन गर्ने बताए । तर यो चालु आर्थिक वर्ष २०७६÷७७ […]

बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

१५ जेठ, काठमाडौं । बैङ्कहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा […]

कृषिमा बैंकको लगानी : १० प्रतिशतबाट बढाउने समय भएन ?

१५ वैशाख, काठमाडौं । बैंकहरुले धेरै अनुत्पादनशील क्षेत्रमा लगानी गरेको गरेको भन्दै केन्द्रीय बैंकले केहि वर्ष पहिले प्राथमिकताप्राप्त क्षेत्र भनेर छुट्यायो । जसमा कृषि, पर्यटन, जलविद्युत्, घरेलु तथा साना उद्योग लगायत समेटिएका थिए । पछिल्लो व्यवस्था अनुसार बैंकहरुले कुल कर्जाको २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नै पर्ने, त्यसमा कृषिमा मात्रै १० प्रतिशत अनिवार्य लगानी […]

बैङ्कका अस्थायी तथा करार कर्मचारी पुनर्बहाली गर्न फियनको माग

१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ। फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ । […]