+
+
Shares

कर्जा नउठ्ने समस्यामा सुधार, घट्न थाल्यो गैरबैंकिङ सम्पत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ र कर्जा नोक्सानी व्यवस्थाका लागि ६४ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको छ।
  • माघसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीबाट ३२ अर्ब ६१ करोड रुपैयाँ फिर्ता पाएका छन् र कर्जा अपलेखन एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ।
  • चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेका छन्, जुन पुसको तुलनामा २२.२६ प्रतिशतले बढी हो।

४ चैत, काठमाडौं । अर्थतन्त्रले सामान्य गति लिएसँगै वित्तीय क्षेत्रको कर्जा भुक्तानीको समस्यामा पनि सुधार देखिएको छ । ऋणीले कर्जाको किस्ता समयमै भुक्तानी गर्न थालेपछि धितो सकार तथा कर्जा अपलेखन घटेको हो ।

चालु आर्थिक वर्षको माघ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार देखिएको छ । नोक्सानी व्यवस्था गर्नु पर्ने रकम घटेको छ । त्यसैगरी विगतमा गरिएको कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकम समेत बढेको छ ।

चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थाका लागि ६४ अर्ब ३५ करोड रुपैयाँ छुट्याएका छन् । शीर्षगत रुपमा कर्जाको अवस्था अनुसार नोक्सानी हेर्दा विशेष कर्जा नोक्सानी व्यवस्थाको रकम बढेको भएपनि समान्य र वाच लिस्टका कर्जाको जोखिम व्यवस्था क्रमश ०.७ तथा १.९७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । विशेष कर्जा नोक्सानी करिब ३ प्रतिशतले बढ्दा पुस महिनाको तुलनामा माघमा कुल कर्जा नोक्सानी २.२५ प्रतिशतले बढेको छ ।

त्यसैगरी चालु आवको माघसम्ममा कर्जा नोक्सानीबाट फिर्ता भएको रकम ३ प्रतिशतले बढेको छ । चालु आवको माघ महिनासम्म बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानीबाट फिर्ता रकम ३२ अर्ब ६१ करोड रुपैयाँ छ । पुस महिनासम्म यस्तो रकम ३१ अर्ब ६५ करोड थियो । बैंकहरूले सो शीर्षकबाट फिर्ता गरेको रकम सिधै नाफामा गणना हुने हो । त्यो शीर्षकको रकम बैंक तथा वित्तीय संस्थाले नाफाबाटै छुट्याउने गर्छन् ।

चालु आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति अर्थात सकार गरेको धितो ५१ अर्ब २० करोड रुपैयाँ छ । यो सम्पत्ति पुस महिनाको तुलनामा ०.१५ प्रतिशतले थोरै हो । चालु आवको पुस महिनासम्म बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति ५१ अर्ब २८ करोड रुपैयाँ बराबरको थियो ।

पछिल्लो समयमा आर्थिक गतिविधि सामान्य बढेकाले पनि बैंकहरूको कर्जा असुली नहुने समस्या कम भएको एक बैंकरले बताए । बैंकहरूको समस्याका विषयमा केन्द्रीय बैंकले पनि क्रमिक रुपमा नीतिगत संशोधन गरेकाले सहज भएको बताउँदै ती बैंकरले भने, ‘अधिक तरलताको समस्या व्यवस्थापन नभएपनि कर्जाको मागमा समान्य सुधार आएको छ, चालु आवमा माघसम्म निजी क्षेत्रतर्फको कर्जा हेर्दा पनि बढेको देखिन्छ । सो अवधिमा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा २ खर्ब २१ अर्ब कर्जा लगानी थपिएको छ।’ कर्जा नोक्सानी, अपलेखन र गैरबैंकिङ सम्पत्तिमा कमी आउनु भनेको कर्जाको साँवा ब्याज उठेको भनेर बुझ्नु पर्ने ती बैंकरले बताए ।

त्यसैगरी चालु आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाले एक अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेका छन् । चालु आवको पुस महिनासम्म कर्जा अपलेखन एक अर्ब १३ करोड बराबरको रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा पुसको तुलनामा २२.२६ प्रतिशतले धेरै हो । पुससम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३४ अर्ब ८० करोड थियो ।

चालु आवको माघसम्ममा वाणिज्य बैंकहरुको मात्रै नाफा ३८ अर्ब १ करोड रुपैयाँ रहेको छ । त्यसैगरी विकास बैंकहरुको खुद नाफा ४ अर्ब ९ करोड तथा फाइनान्स कम्पनीहरूको ४३ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकहरुको कर्जा लगानी सुधारसँगै असुलीमा सुधार आएपछि नाफा पनि बढेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?