News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) सञ्चालक समितिका अधिकांश सदस्य नेकपा एमालेको ११औं महाधिवेशनमा सहभागी भएका छन्।
- नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी र महासचिव घनश्याम अधिकारी महाधिवेशनमा आफ्ना नेताको प्रचारमा सक्रिय देखिएका छन्।
- नेफ्स्कुनका पदाधिकारी र सदस्यहरूले पार्टीगत राजनीतिमा सक्रियता जनाएका छन् र यसले सहकारी क्षेत्रमा समस्या जटिल बनाएको गुनासो सुनिन्छ।
१ पुस, काठमाडौं । सहकारीहरूको केन्द्रीय संघ (नेफ्स्कुन) सञ्चालक समितिका अधिकांश सदस्य नेकपा एमालेको महाधिवेशनमा सहभागी रहेको पाइएको छ ।
नेफ्स्कुनका वरिष्ठ उपाध्यक्षदेखि सञ्चालकसम्मले आफ्नो पार्टीगत राजनीतिक सक्रियता स्पष्ट हुने गरी महाधिवेशनमा खटेको पाइएको हो ।
नेकपा एमालेको ११औं महाधिवेशन २८ मंसिरदेखि काठमाडौंमा जारी छ । उक्त महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्ने छ । नेफ्स्कुन पदाधिकारी पनि आ–आफ्ना नेताको चुनावी अभियानमा सक्रिय भएका हुन् ।
मंगलबार भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनमा आफ्ना नेतालाई भाट माग्दै गरेको अवस्थामा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी तथा महासचिव घनश्याम अधिकारी भेटिएका हुन् ।
त्यसैगरी नेफ्स्कुनका सदस्यहरू मन्दिरा मिश्र तथा हेमराज विष्ट र किसान कल्याण सहकारी अध्यक्ष रहेका शालिकराम ढकाल पनि पार्टी राजनीतिमा सक्रिय देखिएका हुन् ।
त्यस्तै मधेश प्रदेशबाट नेफ्स्कुन सञ्चालक समिति सदस्य शोभाकुमारी राउत, कोशी प्रदेशबाट सञ्चालक लक्ष्मी सापकोटा, लेखा समिति सदस्य दुर्गा तिवारी सन्जेल, गण्डकी प्रदेशबाट सञ्चालक गोपाल गौतम पनि महाधिवेशन प्रचारमा सक्रिय देखिए ।
नेफ्स्कुन तथा राष्ट्रिय सहकारी महासंघ पूर्वअध्यक्ष मिनराज कँडेलले एमाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोख्रेल तथा सञ्चालक विजया धितालले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका छन् ।
सहकारी क्षेत्रमा पार्टीगत राजनीतिले पनि समस्या जटिल बनाएको पीडितहरूको गुनासो आउने गरेको सुनिन्छ । एमाले महाधिवेशनमा नेफ्स्कुनका अधिकांश बोर्ड सदस्यको सहभागिताले त्यसलाई पुष्टि पनि गरेको छ ।
प्रतिक्रिया 4