+
+
Shares

गैरबैंकिङ सम्पत्ति सकार्दा बैंकले ३ पटक लिलाम प्रक्रिया पूरा गर्नैपर्ने  

यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए बैंक तथा वित्तीय संस्था आफैंले सकार गर्दै आएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई धितो बिक्रीका लागि कम्तीमा ३ पटक लिलामी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ।
  • धितो बिक्री नभएमा बैंकले धितोको बजार मूल्य वा कर्जा रकममध्ये कम मूल्यमा धितो स्वीकार गर्नुपर्ने छ।
  • धितोको बजार मूल्य कर्जा रकमभन्दा कम भएमा घाटा आर्थिक वर्षको नाफा/नोक्सानमा लेख्नुपर्ने छ।

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले धितो सकार गर्ने व्यवस्था थप कसिलो बनाएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाइ धितो सकार गर्दा ३ पटकसम्म बिक्री प्रयास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैंले सकार गर्दै आएका थिए ।

बैंक तथा वित्तीय संस्थाले कुनै कर्जा असुली नभए सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्छ । तर, कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैंले सकार गर्नुपर्ने छ ।

सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्यांकन गर्नुपर्ने छ ।

यदि धितोको बजार मूल्य कर्जाको लेना रकमभन्दा कम भए कम भएजति रकम सोही आर्थिक वर्ष नाफा/नोक्सान हिसाबमा खर्च लेख्ने बेहोरा लेखा नीतिमा उल्लेख गर्नुपर्ने छ ।

तर, यसरी मूल्यांकन गर्दा त्यस्तो गैरबैंकिङ सम्पत्ति बापत रकम सम्पूर्ण रूपमा हिसाब मिलान नभएसम्म लेना रकममध्ये ब्याज रकमलाई नाफा/नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन । त्यस्तो रकमलाई गैरबैंकिङ सम्पत्ति बापत नोक्सानी व्यवस्थामा सार्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?