+
+
Shares

बैंक तथा वित्तीय संस्थाले ‘क्रेडिट रेटिङ’ आधारमा जोखिम भार निर्धारण गर्नुपर्ने   

केन्द्रीय बैंकले ‘रेटिङ स्कोर’ का आधारमा सार्वजनिक संस्थाहरूको जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको क्रेडिट रेटिङ स्कोरका आधारमा जोखिम भार निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।
  • ट्रिपल ए रेटिङ पाएका सार्वजनिक संस्थाको जोखिम भार ५० प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकले बताएको छ।
  • डबल ए प्लस र माइनस रेटिङ पाएका संस्थाको जोखिम भार ७० प्रतिशत, ए माइनस पाएका संस्थाको ९० प्रतिशत र ट्रिपल बी प्लस वा रेटिङ नभएका संस्थाको १०० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ।

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको ‘क्रेडिट रेटिङ स्कोर’ का आधारमा जोखिम भार निर्धारण गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘रेटिङ स्कोर’ का आधारमा सार्वजनिक संस्थाहरूको जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकको नयाँ व्यवस्था अनुसार क्रेडिट रेटिङ एजेन्सीले ट्रिपल ए दिएको अवस्थामा त्यस्तो सार्वजनिक संस्थाका हकमा जोखिम भार ५० प्रतिशत कायम गर्नुपर्छ ।

त्यसैगरी डबल ए प्लस र माइनस क्रेडिट रेटिङ स्कोर पाएका संस्थाले ७० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने छ भने ए माइनस स्कोर पाएका संस्थाका हकमा ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यस्तै ट्रिपल बी प्लस र त्यसभन्दा कम रेटिङ स्कोर भएका वा रेटिङ नै नगरेका संस्थाका हकमा शतप्रतिशत जोखिम भार गणना गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?