+
+
Shares
मौद्रिक नीति अर्धवार्षिक समीक्षा :

चालु पूँजी कर्जा बक्यौता सम्बन्धी प्रावधान परिमार्जन

राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था यथावत राखेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा बक्यौता सम्बन्धी प्रावधान परिमार्जन गरी बक्यौता कम्तीमा ३० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था मिलाउने भएको छ।
  • राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरिने उल्लेख गरेको छ।
  • बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह र वित्तीय विवरण विश्लेषण गरी पर्मानेन्ट वर्किङ क्यापिटल अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।

१२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा बक्यौता सम्बन्धी प्रावधान परिमार्जन गर्ने भएको छ ।

अहिले ऋणीले कम्तीमा लगातार ७ दिन चालु पूँजी कर्जा बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले सोही प्रावधान परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था मिलाउने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

यसका लागि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरिने समेत मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणका आधारमा ‘पर्मानेन्ट वर्किङ क्यापिटल’ अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइने समेत राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?